योजना केन्द्रमा पठाउन एमालेको निर्देशन

बुटवल, असोज १०। नेकपा एमालेले प्रादेशिक संरचना अनुसार सबै प्रदेश, जिल्ला र जनसंगठनलाइ कात्तिक १५ गतेभित्र आ–आफ्नो क्षेत्रको योजना केन्द्रमा पठाउन निर्देशन दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको पुनःसंरचनामा स्थानीय कमिटीहरुले समन्वय गर्ने, आफ्ना सुझावहरु आयोग र पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको हो । एमालेले समयावधि पुगेका जिल्ला तथा जनसंगठनका अधिवेशनहरु तत्काल आयोजना गर्न र जनसंगठनहरुले तत्कालै प्रदेश कमिटीहरु निर्मण गर्न भनेको छ ।  पार्टी महासचिव इश्वर पोखरेलेल तयार पारेको सांगठनिक प्रतिवेदन पारित गर्दै एमालेले प्रत्येक प्रदेश र जिल्लाले आफ्नो क्षेत्रको समृद्धिको योजना ६ महिनाभित्र तयार गरी केन्द्रमा पठाउनर संगठनात्मक क्षेत्रका समस्या र समाधानका बारेमा सात वटै प्रदेशमा कार्यशाला आयोजना गर्ने निर्णय पनि गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.