पुर्व गृहमन्त्री घिमिरे सहित बेपत्ताहरुको खोजीकार्य तिव्र,पानीको बहावले कठिनाई

बुटवल,असोज १० । सवारी दुर्घटनाका कारण त्रिशुली नदीमा बेपत्ता भएका पुर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे सहित ३ जनाको खोजीकार्य सोमवार पनि विहानैदेखि तिव्र पारिएको छ । तर पानीको बाहव तिव्र भएका कारण खोजीमा कठिनाइ भएको सुरक्षा निकायले जनाएको छ । सोमवार नै घटनास्थल पुगेका यातायात मन्त्री रमेश लेखकले पनि जतिसक्दो चाँडो हराइरहेकाहरुको खोजी गर्न सुरक्षा निकायलाइ आग्रह गर्नुभएको छ । घटनास्थल र त्यसभन्दा तल मुग्लिन सम्मको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले गोताखोर तथा ढुंगाको प्रयोग गरी खोजी जारी राखेका छन् ।

मुक्तिनाथबाट काठमाडौं फर्कदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर पुर्वपश्चिम राजमार्ग अन्तर्गत घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा पुर्व मुख्य सचिव समेत रहेका घिमिरेसहित तीन जना बेपत्ता भएका छन । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक रामचन्द्र कार्कीको मृत्यु भइसकेको छ। गाडी चालक बिष्णु राई भने बाँच्न सफल भएका छन । दुर्घटनाका बेला घिमिरे आफैले गाडी चलाएको बताइएको छ । घाइते राईको  भरतपुरको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

घटनापछि हिजैदेखि खोजिकार्य शुरु गरिएको हो । तर अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएकोछ । सोमवार बिहानैदेखि सुरक्षाकर्मी र गोताखोरहरुले म्याग्नेट प्रयोग गरी जीप पत्ता लगाउने प्रयास गरिरहेका छन ।  एसपी गणेशबहादुर थापाले मुग्लिनसम्म टोली खटाएर खोजी भैरहेको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.