अफगानिस्तान र इराक चाँडो खुला गरिने

बुटवल । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिएका छन्।

नेपाली कामदारका लागि अफगानिस्तान र इराक खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री गुरुङले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको हितमा रहेकाले त्यसलाई लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले निःशुल्क आएको प्रवेशाज्ञामा विचौलियाले सोझा-सिधा कामदारसँग भित्रभित्रै रकम असुलेकामा त्यसको नियमन तथा अनुगमन गरिनेसमेत दाबी गरे। रासस

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.