द्वन्द्व व्यवस्थापनमा मिडियाको भुमिका बिषयक कार्यशाला सुरु

बुटवल, असोज १०- नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा ‘ द्वन्द्व व्यवस्थापनमा मिडियाको भुमिका‘ बिषयक दुई दिने कार्यशाला बुटवलमा सोमबारदेखि सुरु भएको छ । कार्यशालामा विभिन्न सञ्चारमाध्यमका करीब तीस जनाको सहभागिता रहेको छ।

जवाफदेही  मिडिया, जवाफदेही पत्रकार र जवाफदेही समुदाय बनाउने उद्देस्यले आयोजना भएको कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टलेे प्रशिक्षण दिनुभएको छ।

द्वन्द्व सम्वेदनशीलतालाई ख्याल गर्दै सूचना संकलन, प्रकाशन र प्रसारण कसरी गर्ने , मिडियाका कमजोरीबारे समुदायका आवाज बुझ्दै गल्ती सच्चाउन तत्पर हुने तथा पत्रकार र सरोकारवालाबीच लुज नेटवर्क बनाएर समय-समयमा कसरी छलफल गर्ने विषयमा कार्यशालामा छलफल भइरहेको छ।

14470884_10211025213256319_1804420024_n

14469325_10211025215136366_1374138362_n

बिभिन्न सम्बन्धित बिषयमा छलफल र निष्कर्ससहित दुई दिने तालिमकाे मङ्गलबार समापन भएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.