भारतसँग सम्वन्ध कँहा, के सप्रियो ? -ओली

बुटवल, भदौ ,११। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा के के भयो त्यस बिषयमा संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकको विशेष समयमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि नेपाल र भारत सम्बन्ध कहाँ र के सप्रियो भन्दै जानकारी माग्नुभएको हो । एमाले अध्यक्ष ओलीले भन्नुभयो-यदि बाहिर हल्ला गरेजस्तै नेपाल-भारत सम्वन्ध सप्रिएको भए के सप्रियो? यो-यो सप्रियो भनेर सदनलाई जानकारी दिनुपर्छ।’ तर आफुले सम्वन्ध सुधारिएको भन्ने बिषयमा केही फेला नपारेको टिप्पणी गर्नुभयो ।  ‘मैले खोजेँ के-के सप्रिएछ। तर, केही देखिएन’ओलीको भनाई थियो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको १० नम्बर बुँदामा संविधानको विषय उल्लेख गरिएको भन्दै एमाले अध्यक्ष ओलीले नेपालको आन्तरिक विषयलाई साझा विषय जसरी उल्लेख गरिएको भन्दै आपत्ति जनाउनुभयो । उक्त बुँदाले बाहृय चासो र भूमिका आमन्त्रण गरेको ओलीको आरोप थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.