पर्यटन दिवसमा विभिन्न कार्यक्रम

बुटवल,असोज ११ । अन्तराष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सेप्टेम्बर २७ मा मनाइने यो दिवसका अवसरमा “सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन“ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम भएका छन । सन् १९८० देखि सेप्टेम्बर २७ देखि विश्व पर्यटन दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा राजधानीमा प्रभातफेरी तथा विभिन्न कार्यक्रम गरिए । यस्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेपाल आउने पहिलो विमानबाट आउने पर्यटकलाई विशेष स्वागत गरियो । उनीहरु मध्ये अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पहिलो पटक उत्रिने पर्यटकलाई पाँच तारे होटलमा एक रात निःशुल्क बास सहित खानाको व्यवस्था गरिएको पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिनुभयो । भुकम्पपछि नेपालमा खस्केको पर्यटन क्षेत्रको विकास र आन्तरिक पर्यटन पर्वर्धनका लागि दिवसले सहयोग पुराएको पर्यटन मन्त्रालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.