लुम्बिनी र राप्ती अञ्चलका पहाडी जिल्लालाई तराईबाट छुट्याईए कडा प्रतिबाद गर्ने:एमाले नेता गोकर्ण बिष्ट

बुटवल, असोज ११, पूर्व उर्जा मन्त्री एवं एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले लुम्बिनी र राप्ती अञ्चलका केही पहाडी जिल्लालाई तराईवाट छुट्याईए यस क्षेत्रका जनता र जनप्रतिनिधिलाई मान्य नहुने वताउनु भएको छ । प्रेस चौतारी रुपन्देहीले आज मंगलवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव बिष्टले भन्नुभयो बिनाआधार हचुवाका भरमा सिमाकंन हेरफेर गरेर लुम्बिनी अंञ्चलका पहाडी र तराइका जिल्ला लाई छुट्याईए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिदै भन्नुभयो एमालेले कडा रुपले प्रस्तुत भई असफल पार्नेछ । अनावश्यक दवाव र प्रभावको भरमा संविधान संसोधन हुनै नसक्ने उनले बताएका छन् । जारी संबिधान परिवर्तनसिल भएको बताउदै उहाँले भन्नुभयो हचुवाको भरमा पुष्टि नहुने गरि संसोधन प्रस्ताव ल्याईए त्यो मान्य नहुने समेत बताउनु भयो । एमालेले समयमै ३ वटै निर्वाचन होस भन्ने चाहेको दाविगर्दै एमाले नेता बिष्टले सरकारलाई तालिका बनाएर काम गर्न सुझाव समेत दिनु भयो । समयमा निर्वाचन हुन नसके मुलुकमा संबैधानि र राजनैतिक अराजकता पैदा हुने समेत उहाँले वताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.