नवलपरासी आर्थिक विकासमा सरकराले उपेक्षा गरेको उद्योगि व्यवसायीको गुनासो

रामग्राम, नवलपरासी,असोज ११ – नवलपरासीका उद्योगी व्यवसायीले नवलपरासीको आर्थिक विकासका लागि प्रसस्त आधार र सम्भावना भएपनि सरकारले यस क्षेत्रको विकासको लागि खासै ध्यान नदिएको गुनासो गरेका छन् । नवलपरासीको विकासमा महेशपुर भन्सार, रामग्राम, त्रिवेणी लगायत क्षेत्रको भुमिका महत्वपूर्ण भएपनि राज्यले यस क्षेत्रको महत्व बुझेर बजेट निकासा हुन नसकेको समेत उनीहरुको गुनासो छ । नवलपरासी उद्योग वाणिज्य संघ र बिजनेश न्युज मिडिया प्रा. ली. ले संयुक्त रुपमा आयोजना गरेको नवलपरासीको नवलपरासीको आर्थिक विकासमा संचारको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममाका प्रमुख अतिथि नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापाले स्थानिय उद्योगलाई संरक्षण गर्न आवश्यक रहेको बताउँदै यस क्षेत्रमा ओद्योगिक क्षेत्रको विकास गर्न आवश्यक छ भन्नुभयो । महेशपुर भन्सारको स्तर उन्नती,कृषि क्षेत्रमा उखु, माछा, पर्यटकीय क्षेत्रका लागि त्रिवेणी, रामग्राम स्तुप लगायतका आधारहरु रहेकोले यसको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको समेत अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रममा बिजनेश खबर पाक्षिकका सम्पादक दामोदर खनालले नवलपरासीमा आर्थिक, धार्मिक र पर्यटन विकासका लागि प्रसस्त आधार र सम्भावना भएकोले यसको विकासका लागि संचार क्षेत्रले उजागर गर्दै जानु पर्ने बताउनु भयो । त्यस्तै नवलपरासी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विरेन्द्र अग्रहरी, वरिष्ठ उपाध्यक्ष नरेन्द्र गुप्ता, मध्य बिन्दु यातायात समितिका अध्यक्ष ऋषीराम पौडेल, फुटकल व्यवसायी राधेश्याम अग्रहरी, संचारकर्मि टिकाराम गैह्रे, हरि शर्मा लगायतले उद्योगको विकास बिना राज्यको आर्थिक विकास असम्भव भएकाले यसको विकासका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न आवश्यक रहेको चर्चा गरेका थिए । बिजनेश खबरका सम्पादक दामोदर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मि सद्धान हुसैनले गरेका थिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.