प्रधानमन्त्री र मोर्चाबीच छलफल

बुटवल, असोज ११। प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुबिच संविधान संशोधन लगायतका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाका नेताहरुले सविधान संशोधन प्रकृयामा भैरहेको पहल र कामका प्रगतीबारे प्रश्न गरेका छन । प्रधानमन्त्रीले दलहरुसँग छलफल भैरहेको र छिट्टै प्रकृया अघि बढ्ने बताउनुभएको छ । यसैगरी मधेशी, थारु, जनजातिका अन्य मागलाई सम्बोधन गर्नेबारेमा पनि बैठकमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.