अपडेट: धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

बुटवल, असोज ११ । धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, धेरैजसो भुकम्प पिडितहरु धादिङको मार्पाक स्थित लवाङ्फेदीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुने धेरैजसो भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न रकम अनुदान लिएर सदरमुकामबाट फर्केकाहरु छन । प्रहरीका अनुसार १८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा राजधानीमा मृत्यु भएको हो । मृतक १९ मध्ये १३ जनाको सनाखत भएको छ । दुर्घटनामा परी रौसिंङ तामाङ, रल्क तामाङ, सेर्लक तामाङ, मेन्दीजोङ तामाङ रहेका छन । यस्तै मन तामाङ, तिलबहादुर तामाङ, चन्द्रमान तामाङ, ,कासा लामा तामाङ, ,रामचन्द्र सापकोटा, ,दिलकुमारी पौडेल, कमला पौडेल र बसका चालक गोरखाका गंगा सुनार रहेका छन । घाइते १२ जनाको काठमाडौको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेरुलाई दुईवटा हेलिकप्टरमार्फत् उपचारार्थ काठमाडौं ल्याइएको हो । सुरुमा गम्भिर घाइते ६ जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो भने पछि अन्य ७ जनालाई पनि सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएको थियो । घाइते हुनेहरुमा इश्वर सुवेदी, मनिङ तामाङ, बिकी थापा,धनबहादुर लामा,प्रेम बिके, टेकुमाया घले, मिलन तामाङ , नोमो लामा, छेले तामाङ र मातेन तामाङ, लगायत रहेका छन । धादिङ सदरमुकामबाट मंगलवार विहान गुडेको ना ४ ख ३३१८ नंबरको बस मारपाक –६ लवाङफेदी उकालोमा दुर्घटनामा परेको हो । ३५ जना टिकट काटेका यात्रु लिएर छुटेको बसले बाटोमा मान्छे चढाउँदै जाँदा छतसमेत भरिएको थियो । प्रधानमन्त्रि पुष्पकमल दाहालले धादिङमा भएको बस दुर्घटनामा परी निधन हुने सम्पूर्ण मृतकहरुमा श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.