कोलम्बियामा शान्ति सम्झौता

बुटवल,असोज ११ । कोलम्बियामा सरकार र वामपन्थी विद्रोही समूह फार्कबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । शान्ति सम्झौतासँगै कोलम्बियामा ५२ वर्षदेखि चल्दै आएको सशस्त्र संघर्ष औपचारिक रुपमा समाप्त भएको छ । कोलम्बियन राष्ट्रपति मैनुअल सांतोस र विद्रोही नेता तिमोसेन्कोले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । शान्ति सम्झौतामा हस्ताक्षरपछि विद्रोही नेता तिमोशेन्कोले युद्धको अवधिमा भोग्नुपरेका पीडाका लागि सबै द्वन्द्वपीडितसँग क्षमायाचना गर्नुभएको थियो । सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनका साथै ल्याटिन अमेरिकी देशका नेताहरु उपस्थित थिए । पाँच दशकभन्दा लामो सशस्त्र द्वन्द्वमा करिब दुई लाख ६० हजार मानिस मारिएका थिए भने ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका थिए । सम्झौतासँगै युरोपेली संघले फार्क विद्रोहीलाई आतंकवादीको सूचीबाट हटाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.