बुटवल,असोज ११ । जगदम्बा रोनाइनोजसँग कान्तिपुर गोर्खाज पराजित एभरेष्ट प्रिमियर लिगमा जगदम्बा रोनाइनोजसँग कान्तिपुर गोर्खाज पराजित भएको छ। कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो । जगदम्बाका लागि सोमपाल कामीले सर्वाधिक ४४ रनको योगदान दिए । ३० बलको सामना गरेका उनले ४ छक्का प्रहार गरे । कान्तिपुरका कप्तान वसन्त रेग्मीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।
जवाफमा एक सय २५ रनको सामान्य लक्ष्य पछ्याएको कान्तिपुरले २० ओभरमा ८ विकेटको क्षतिमा जम्मा एक सय १३ रनमात्र बनाउन सक्यो । जगदम्बाका बलरसामु खुलेर खेल्न नसकेका कान्तिपुरका सन्दिप झोरा र अनिल शाहबाहेक सबै ब्याट्सम्यान सिंगल रनमा पेभेलियन फर्किए ।
दोस्रो खेलमा कलर्स एक्स फ्याक्टरले सगरमाथा लेजेन्डलाई नौ रनले हरायो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.