अव ओपिडी सेवा ५ बजेसम्म

बुटवल,असोज ११ । देशभरका सवै सरकारी अस्पतालको बहिरंग सेवा ‌अव साँझ पाँच बजेसम्म खुला हुने भएको छ । यसअघि दिउसो २ बजे बन्द हुने ओपिडी सेवा अव विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले सवै अस्पतालका र स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई निर्देशन दिइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा गत भदौ २३ गते गरेको सम्बोधन कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको हो । देशभर सरकारी १ सय १० अस्पताल, २ सय ४ प्राथमिक स्वास्थ्य केन्द्र र ३ हजार आठ सय स्वास्थ्य चौकी छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.