एमालेले जनसभा गर्ने

बुटवल,असोज ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि दवाव दिन चार महिने जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको छ । मंगलवार सकिएको केन्द्रीय कमिटीका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले सविधान कार्यान्वयन हुन नदिने र राष्ट्रिय स्वाभिमान कमजोर पार्ने षडयन्त्र भैरहेको भन्दै कार्तिकदेखि माघसम्म सात प्रदेशका आठ ठाँएमा जनसभा गर्ने निर्णय गरेको हो । यस्तै स्थानीयतहमा अन्तर्कृया र भेलाहरु मार्फत सविधानको रक्षा र कार्यान्वयनका लागि अभियान चलाउने निर्णय पनि गरेको सचिव योगेश भटराइले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.