भारतमा दलको राजदुत- एमाले, कांग्रेसद्धारा बचाउ

बुटवल,असोज १२। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतमा देशको नभै दलको राजदूत पठाउन लागिएको भन्दै कडा आरोप लगाएको छ । बुधवार भएको संसदीय  संसदीय सुनुवाइ विशेष समितिमा भारतका लागि प्रस्तावित राजदूत दिपकुमार उपाध्यायमाथि प्रश्न गर्दै एमालेका सासंदहरुले भारतमा पहिले सरकारले फिर्ता गरेका राजदूतलाइ पुन दलीय र सत्ता स्वार्थका आधारमा राजदूत बनाएर पठाउन लागिएको भन्दै आपत्ति जनाए  । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले उपाध्यायलाइ देशको भन्दा पनि दलको  प्रतिनिधि बनाएर पठाइदै गरेको आरोप लगाउनुभयो । पहिले असफल भएर फिर्ता हुनुको कारण पनि दलीय काम गरेकोले हो ‘ ढकालको भनाई थियो । एमालेकै सासंद अष्टलक्ष्मी शाक्यले राजनीतिक आस्थाबाट उपाध्यायलाई सिफारिस गरिएको टिप्पणी गर्नुभयो ।

तर काग्रेसका सांसदहरुले भने उपाध्यायको बचाउ गरेका थिए । माओवादीका सांसदहरुले भने खासै आलोचना पनि गरेनन र बचाउ पनि गरेनन । बरु काग्रेसले बचाउ गरेको उनीहरुलाई त्यति पाच्य देखिएन । नेपाली काग्रेसकी सांसद चित्रलेखा यादवले नेपाल र भारतबिचको सम्वन्ध सुधारमा उपाध्यायको भुमिका सकारात्मक रहेको र उहां योग्य रहेको भन्दै वचाउ गर्नुभएको थियो । काग्रेसकै आनन्द ढुगांनाले पनि नाकाबन्दी खुलाएको र भुकम्पपछि सहयोग भित्र्याएको भन्दै प्रसंशा गर्नुभयो । सुनुवाईका क्रममा उपाध्यायले आफु कूटनीतिक मर्यादा मै रहेर काम गर्ने बताउँदै राष्ट्रप्रति जिम्मेवार हुन्छु भन्नुभएको थियो ।

यसैगरी चीनका लागि प्रस्तावित लीलामणि पौड्यालमाथि पनि बुधवार नै सुनुवाइ भएको छ । उहाँ बिरुद्ध भने कुनै उजुरी परेको थिएन । सुनुवाइका क्रममा पौडेलले आफुलाई प्रधानमन्त्री स्वयम्‌ले आग्रह गरेकाले राजदूत बन्न लागेको बताउँदै चीनवाट प्रयाप्त लाभ लिन नसकिएको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.