टिकापुर घटनाबारे सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

बुटवल असोज १२ । कैलालीको टीकापुरमा भएको घटना र त्यो घटनाका दोषी भनिएकाहरुको मुद्धा फिर्ता लिने सरकारको तयारीका बिषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच संसदीय समितिमा आरोप प्रत्यारोप भएको छ । गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा ८ सुरक्षाकर्मी र १ बालकको ज्यान गएको थियो । सोही घटना र त्यसपछिको अवस्थाबारे छलफल गर्न बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सत्तापक्ष नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सासंदबीच आरोपप्रत्यारोप चलको हो । बैठकमा मधेस केन्द्रित दलका सांसदहरुले पनि सत्तापक्षलाई सघाउदै राजनीतिक समाधान खोज्नुपर्ने बताएका थिए । बैठकमा एमाले सांसदहरुले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताएका थिए भने काग्रेसका सासंदले समाधान खोज्नुपर्नेमा जोडदिएका थिए । बैठकमा सत्तारुढ दल कांग्रेस सांसद फरमुल्लाह मन्सुरले कैलाली घटना राजनीतिक भएकाले राजधानीतिक समाधान गर्नुपर्ने बताउनुभएको थियो । तर एमालेका सांसद रामेश्वर फुयालले राजनीतिक आडमा माफी दिन नहुने बताउनुभयो प्रहरीलाई जलाउने र बालक मार्नेहरुको मुद्दा फिर्ता लिन नहुने उहाँको भनाइ थियो बैठकमा उपस्थित उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घटनाका विषयमा अनुसन्धान भइरहेको र टीकापुर घटनाका दोषी नउम्कने तथा निर्दोष पनि नफस्ने गरी समाधान हुने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.