सासंदहरु हाजिर गर्दै टाप कस्दै

बुटवल, असोज १२ । देश चलाउने सरकार बनाउने र नीति निर्माण गर्ने सांसदहरुले जिम्मेवारी बोध नगर्ने र हाटा अर्थात हाजिर गरेर टाप कस्ने प्रवृति बढ्दै गएको छ । बुधवार पनि यस्तै भयो । महत्वपुर्ण एजेण्डामा छलफल गर्न शुरु भएको बुधवारको संसद बैठक पनि सासंदहरु हाजिर गरेर टाप कसेपछि कोरम पुगेन र बैठक स्थगित गर्नुपर्यो । बैठक शुरु भएपछि हाजिर गर्ने सासंदहरु ४ सय ५४ जना भेटिए ।  तर गणपुरक संख्या नपुगेको भन्दै गणना गर्दा १ सय ४९ पनि पुगेनन । गणना गर्दा १ सय २५ उपस्थित भएको पाइयो । कोरम नपुगेपछि बैठक नै आधाघन्टानको लागि स्थगित भएको थियो ।  स्थानीय विकास मन्त्री हितराज पाण्डेले मधेसी आयोग विधेयक विचार गरियोस् भनि संसदमा पेश गरेपछि सो विधेयकमाथिको छलफल शुरु गर्न कोरम नपुगेको हो । मन्त्री पाण्डेले विधेयक पेश गर्ना साथ नेमकिपाका सासंद डिल्लीराज काफ्लेले कोरम नपुग्ने भन्दै विरोध जनाउनुभएको थियो । संविधानको धारा ९४ अनुसार संसद बैठक संचालनका लागि कम्तिमा एक चौथाइ अर्थात १ सय ४९ जना सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ । व्यवस्थापिका संसदमा ५ सय ९५ जना सांसद छन । तर बैठकमा अधिकांश जान्नन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.