लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा  बद्री पंगेनी

बुटवल, असोज १२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायक बद्री पंगेनी अत्याधिक बहुमतका साथ विजयी भएका छन । नेकपा एमालेको समर्थन पाएका पंगेनीले ८ सय ८८ मत पाए । यसैगरी निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्र समर्थित बिष्णु खत्रीले ५ सय ८ मत र अध्यक्षका अर्का प्रत्यासी नेपाली कांग्रेस समर्थित टिकाराम चापागाईले ३ सय ३० मत पाए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, द्धितिय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास केसी, उपमहासचिवमा चोलेन्द्र पौडेल निर्वाचित भएका छन । यस्तै सचिवहरूमा शंकर बिसी, खुमन अधिकारी र कृष्ण रेउले तथा सह-कोषाध्यक्षमा टीका पुन विजय भएका छन ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रिता थापा, कोषाध्यक्षमा दीपक खड्का र महिला सचिवमा राधिका हमाल भने निर्विरोध निर्वाचित भएका थिए । यस्तै प्रदेश संयोजकहरुमा क्षेत्र नम्बर १ मा उम्मेदवारी नै परेन । प्रदेश नंम्वर २ मा  कृष्णप्रसाद गौतम,क्षेत्र नम्बर ३ मा रमिला न्यौपाने, ४ मा तारापति सुवेदी, ५ मा लक्ष्मण खड्का र ७ मा सुरत रावत निर्वाचित भएका छन । क्षेत्र नंम्वर ६ मा पनि उम्मेदवारी परेन ।यस्तैकेन्द्रीय सदस्यहरू मा शिव हमाल, पार्वती राई, राजु ढकाल, कुलेन्द्र विश्वकर्मा, रञ्जन ठकुरी, बसन्त थापा, सन्तोष आले मगर, जीवन दाहाल, हरि डांगी, प्रचण्ड जीसी, रमेशराज भट्ट, रञ्जन गुरुङ, बिनोद बाजुराली  र इश्वरी प्रसाद भुषाल विजयी भए । महिला खुला तर्फ भने  देवी घर्ती मगर, मुना थापा मगर,पूर्ण कला बीसी,जमुना राना र जानकी  तारामी  मगर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.