सार्क सम्मेलन भारत र पाकिस्तानको द्वन्द्वको मारमा

बुटवल, असोज १२ । आगामी नोभेम्वरमा हुने तय भएको सार्क सम्मेलन भारत र पाकिस्तानको द्वन्द्वको मारमा परेको छ । पाकिस्तानमा हुने उक्त सम्मेलनमा भारतले भाग नलिने घोषणा गरेपछि भुटान र बंगलादेशले पनि सहभागिता नजनाउने भएका छन । यस्तै अफगानिस्तानले पनि सहभागी नहुने भनेको छ । त्यसको जानकारी अध्यक्ष राष्ट्र नेपाललाई पनि गराइसकेको छ । यो निर्णयसँगै आगामी नोभेम्वर ९ र १० मा इस्लामावादमा हुने तय भएको १९ औं सार्क सम्मेलन नहुने निश्चित भएको छ । किनभने एक देशले भाग नलिए पनि सार्क सम्मेलन हुन सक्दैन । कस्मिरमा केही समय अघि भएको आक्रमण र भारतीय सेनाको मृत्यु प्रकरणले तनाव बढ्दै जाँदा त्यसको असर सार्क सम्मेलनसँग जोडिएर सार्क क्षेत्रमै परेको छ । सम्मेलन भारतले बहिस्कार गर्ने भनेपछि पाकिस्तानले दुर्भाग्यपुर्ण निर्णय भनेको छ । दुई वर्ष अगाडी नेपालमा भएको १८ औं सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाएको दृश्य चर्चित बनेको थियो ।  हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । श्रोतहरुले भारतले नेपाललाई पनि सम्मेलनमा भाग नलिन दवाव दिएको बताएका छन । तर नेपालको आधिकारिक धारणा आइसकेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.