प्रेस सेन्टरको महाधिवेशन शुरु

बुटवल,असोज १३,  नेकपा माओवादी केन्द्र नजिकका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन बिहिवारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सविधान कार्यान्वयनमा सहयोग गर्न प्रत्रकारहरुको पनि महत्वपुर्ण भूमिका हुने बताउनुभयो । दश बर्षपछि हुन लागेको महाधिवेशनले ९५ सदस्यीय नयाँ कार्यसमिति तय गर्ने छ । महाधिवेशनमा ६ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । सेन्टरको अध्यक्षको लागि विष्णु सापकोटा, ओम शर्मा, बलराम थापा, लगायतले दावी गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.