भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान,दुई जनाको मृत्यु

बुटवल,असोज १२ । भारत र पाकिस्तानका सैनिकबीच विहिवार गोली हानाहान भएको छ । घटनामा आफ्ना दुई सेनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । कस्मीरको सिमा क्षेत्रमा करिव ६ घण्टासम्म गोली हानाहान भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।  पाकिस्तानी सेनाले उत्तरी काश्मिरको भारतीय पोस्टमा राती आक्रमण गरेको र भारतले त्यसको जवाफ फर्काएको उल्लेख गरेका छन ।

केही दिन पहिले भारत नियन्त्रित काश्मिरमा भएको आक्रमणमा १८ जना भारतीय सेनाको ज्यान गएपछि दुइ देशवीच तनाव बढेको छ । भारतले उक्त आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउदै आएको छ । तर पाकिस्तानले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.