मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने सरकारको निर्णय

बुटवल,असोज १२ । सरकारले बहुचर्चित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । बिहीबार सिहंदरवारमा बसेको मन्त्रिपरिषद बैठकले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको हो । उक्त विधेयक संसदमा विचाराधीन थियो । बैठकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको नाम परिवर्तन गरी ‘मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय पनि गरेको छ ।

आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिन माग गर्दै चिकित्सा शिक्षा सुधार विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्न माग गर्दै आउनुभएको छ । यस्तै केसीको आठौं अनसनका बेला भएको सहमति अनुसार सरकारले विधयेक फिर्ता दिने र मनमोहन अस्पताललाई न्याम्सले किन्ने सहमति गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले यस्तै बैठकले अर्थ मन्त्रालयको मूख्य सल्लाहकारमा पून्यप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.