लुम्बिनी प्रेस क्लबको नयाँ नेतृत्व

भैरहवा, असोज १४ । लुम्बिनी प्रेस क्लबको प्रथम साधरण सभा तथा अधिवेसन भैरहवामा सम्पन्न भएको छ । अधिवेसनले कान्तिपुर दैनिकका उपसम्पादक माधब ढुंगानालाई पुनः अध्यक्षतामा आगमी २ वर्षकोलागी निर्विरोध  चयन गरेको छ ।

अधिवेसनबाट क्लबको उपाध्यक्षमा दिपेश पछाई चयन भएका छन् । पछाई नयां पत्रिका दैनिक, एविसी टिभी, मेचिकाली दैनिक, भैरहवा एफ एममा आवद्ध छन् । यसैगरी महासचिबमा नरेश के.सी चयन भएका छन् । के.सी लुम्बिनीखबरको सम्पादक हुन् भने हिमालय टि.भी, लुम्बिनी दैनिक, दैनिक नेपालमा पनि कार्यरत रहेका छन् । क्लबको सचिवमा सम्झना शर्मा चयन भएकी छन् । शर्मा नारिबिम्बको प्रधान सम्पादक हुन्  भने भैरहवा एफ एम र  आर्थिक अभियानमा समेत कार्यरत रहेकी छन् । क्लबको कोषाध्यक्षमा कमल रायमाझी चयन भएका छन् । रायमाझी लुम्बिनी खबरका सहसम्पदक तथा रासस र सगरमाथा टिभीमा कार्यरत पत्रकार हुन् ।

क्लबको सदस्यहरुमा रुपन्देही एफ एमका स्टेशन म्यानेजर शंकर पाण्डे , नेपाल टेलिभिजनका भैरहवा सम्वाददाता शम्भु पन्त , सिद्धार्थ एफ एमका समाचार प्रमुख अरुण ज्ञवाली, लुम्बिनी पोस्टका सम्पादक दिपक घिमिरे, अनलाइन खबरका क्षेत्रीय सम्वाददाता सलमान खान र गौतमबुद्ध सन्देशका प्रबन्ध सम्पादक माधब न्यौपाने चयन भएको अधिवेसनको प्रमुख निर्वाचन आयुक्त अग्रज पत्रकार तथा अधिवक्ता कुलमणी ज्ञवालीले जानकारी दिए । अधिवेसन पश्चात नवनिर्वाचित अध्यक्ष ढुंगानाले पत्रकारहरुको हकहितकोलागी सधैं क्रियासील हुने जनाउदैं पत्रकारहरु पनि आचारसंहिता भित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

नव निर्वाचित अध्यक्षलाई प्रमुख निर्वाचन आयुक्त ज्ञवालीले क्लबको विधान अनुसार पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएको निर्वाचन अधिकृत अधिवक्ता प्रख्यात बन्जाडेले जानकारी दिए ।

अधिवेसन अगाडी क्लबको खुल्ला सत्र सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेर बहादुर के.सी.ले पत्रकारहरुको दायित्व , पत्रकार आचार संहिता २०७३ र नेपाल पत्रकार महासंघको सदस्यताको बारेमा प्रकास पार्दै पत्रकारहरुले कुनैपनि सन्चार गृहमा काम गर्दा अनिवार्य रुपमा नियुक्त पत्र लिएर गर्नुपर्नेमा जोड दिएका थिए ।

क्लबको बन्दसत्रमा महासचिव नरेश के.सी र कोषाध्यक्ष सम्झना शर्माले पेश गरेको क्रमसः महासचिव र कोषाध्यक्षको प्रतिवेदन केही संशोधन सहित पारीत भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.