एनएमबि बैंकको एक घर एक खाता अभियान

बुटवल, असोज १४ ।एनएमबि बैंकले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यका साथ सबै नेपालीको बैंकमा एउटा खाता खुलाउने अभियान चलाएको छ । एक घर एक खाता भन्ने नारा बोकेको यस अभियानको प्रवद्र्धक दूतका रुपमा नेपाली चलचित्रका नायक राजेश हमाल रहनुभएको छ ।

नेपाली जनताहरुलाई वित्तिय संस्थाबाटै आर्थिक कारोबार गर्ने बानी बसाल्न, उनीहरुलाई बैंकिंङ्ग साक्षरता दिलाउन र बैंकसम्म जनताकोे सहज पहुँच पु¥याउने अभिप्राय अभियानले लिएको बैकको क्षेत्रीय कार्यालय बुटवलका युवराज पाठकले जानकारी दिनुभयो । अभियान अन्तर्गत रुपन्देही र पाल्पामा विभिन्न गतिविधि भएका छन । अभियानका क्रममा बैंकका प्रतिनिधिहरु सर्बसाधारणको घर दैलोसम्म पुग्ने,खाता नखोलेका सर्बसाधारणहरुलाई बैंकसँग कारोबार गर्दा हुने लाभका बारेमा जानकारी प्रदान गरेर, उनीहरुलाई उनीहरुकै घर आगनबाटै खाता खोलिदिने हुनाले दूर दराजका जनताहरु समेत बैंकिंङ्ग प्रणालीमा आबद्ध भई त्यसबाट फाइदा लिन सक्षम हुने उहाँले बताउनुभयो ।

पश्चिम नेपालमा मणिग्राम, सुनवल, फर्साटिकर, चन्द्रौटा, मुर्गीया र पाल्पालाई लक्षित गरि संचालन गरिएको छ ।  अभियान प्रति आम जनताहरुकबाट प्राप्त प्रतिक्रिया उत्साहजनक रहेको र सर्बसाधारणहरुको ठुलो सहभागीताबाट आफुहरु होसिएको बैंकका  सञ्चालक रोमणि प्रसाद पाठकले बताउनुभयो ।

अभियानका क्रममा बैंकले वित्तिय कारोबार सम्बन्धमा तयार पारिएको सडक नाटक प्रस्तुत गर्ने, प्रवद्र्धक दूत महानायक राजेश हमालाद्वारा आत्मनिर्भर नेपालको लागि हरेक नेपालीको आर्थिक समृद्धि सम्बन्धमा आवश्यक जानकारी समेत प्रदान गर्ने र विद्यालयहरुको स्थलगत भ्रमण एवं सर्बसाधरणकोे घर दैलोसम्म पुगेर एक घर एक खाताको महत्वका बारेमा प्रकाश पारी खाता खोल्न प्रेरित गर्नु हुने कार्यक्रम भएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.