भारतको आक्रमणपछि प्रत्याक्रमण गर्ने पाकिस्तानको चेतावनी

बुटवल, असोज १४ । सिमा क्षेत्रमा गोलीहानाहान चलेपछि भारत र पाकिस्तानबीच तनाव झन चर्केकोछ । भारतीय सेनाले हिजो कश्मिरको विवादित सिमानामा पाकिस्तान तर्फ आतंकवादी समूहलाई लक्षित गर्दै फायरिङ गरेपछि पाकिस्तानले मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएर छलफल गरेको छ । संसदको संयुक्त बैठक पनि आव्हान गरिसकिएको छ । प्रधानमन्त्री नवाज शरीफले आकस्मिक बैठक बोलाएर छलफल थाल्नुभएको हो । द्धन्द्ध चर्किएपछि दुवै देशको नियन्त्रण रेखाको दुवैतिरका गाउँबाट मानिस बाहिरिन थालेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन । भारतले सर्जिकल स्ट्राइक अर्थात निश्चित स्थानमा अन्य मानविय र भौतिक संरचनामा क्षति नपुर्याइ आक्रमण गरेको थुप्रै आतकंकारी मारिएको दावी गरेको छ । पाकिस्तानले भने भारतले सर्जिकल आक्रमण नभइ सीमा पारिबाट गोली चलाएको र जवाफमा पाकिस्तानले पनि गोली चलाएको बताएको छ ।  सो आक्रमणमा पाकिस्तानका दुइ सैनिक मारिएका थिए भने ९ जना घाइते भएका छन । पाकिस्तानले भने भारतले भ्रम फैल्याएको र सर्जिकल आक्रमण हो भने पाकिस्तानले पनि प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ । एजेन्सीहरु

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.