९० प्रतिशत टिकट बुकिङ

बुटवल, असोज १४ । दशैंका लागि काठमाडौबाट छुट्ने यात्रु बहाक सवारी साधनको अग्रिम टिकट बुकिङ करिव सकिएको यातायात ब्यवसायीले जनाएका छन । दशैका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ ९० प्रतिशत सकिएको उनीहरुको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव वसन्त भण्डारीले झन्डै सात लाख टिकटको बुकिङ भइसकेको र थप गरिएका गाडीको भने अघिल्लो दिनमात्र टिकट बुकिङ हुने बताउनुभयो । नेपालीहरुको मुख्य चाड दशैंमा राजधानीबाट ३५ देखि ४० लाख यात्रु बाहिरिने ट्राफिक प्रहरीको अनुमान छ । काठमडौबाट जिल्लातिर जानेहरुले टिकट बुकिङ गर्न गोगबुस्थित नयाँबस पार्क, कलंकी, गौशाला, कोटेश्वर लगायत स्थानमा विहानदेखि साँझसम्म धाउने गरेका छन । यात्रुहरुको सहजता र सुविधाका लागि तथा यात्रु ठगिनबाट रोक्न यातायात व्यवस्था विभागले राजधानीका एक दर्जन स्थानमा यात्रु सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.