बजेट आश्रित विधेयकहरु पारित

बुटवल, असोज १४ । बजेट सम्वन्धि आश्रित बिधेयकहरु पारित भएका छन । ब्यवस्थापिका संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक शुक्रवार पारित गरेको हो । बिधेयक पारित भएपछि चालु आर्थिक वर्षको पूर्ण बजेट बल्ल पारित भएको छ । अघिल्लो एमाले नेतृत्वको सरकारले ल्याएको बिधेयक रोकेका काग्रेस र माओवादीले आफुहरु सरकारमा गएपछि भने सोही बिधेयक जस्ताको तस्तै पुन पेश गरेर पारित गरेका हुन । अघिल्लो सरकारका पालामा बिधेयकका बिरुद्ध मतदान गर्न आग्रह गरेका कृष्णबहादुर महराले अर्थमन्त्रीका रुपमा अघिल्लै विधेयक संसदमा पेश गर्नुभएको थियो । यसपटक विधेयक निर्णयार्थ प्रस्तुत हुँदा तत्कालिन सरकारको नेतृत्वकर्ता र अहिलेको प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरु भने बजेट पारित गर्न मत दिएनन । उनीहरु तटस्थ बसेका थिए । विनियोजन विधेयक गत असार २९ गते नै पारित भइसकेको छ । तीन विधेयक पारित भएपछि गत जेठमा बजेट प्रस्तुत भएपछि कार्यान्वयनमा आएको करका नयाँ दरहरु सदर भएका छन् । यस्तै सरकारलाई बजेट खर्चका लागि अपुग हुने रकम आन्तरिक ऋण मार्फत उठाउन र नयाँ ऋण लिन तथा ऋणको साँवा व्याज भुक्तानीका लागि सहज हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले असार सात गते संसदमा पेश गरेको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक तत्कालिन सत्ता साझेदार दल माओवादी केन्द्रले सरकारप्रति अविश्वासको प्रस्ताव राखेपछि बनेको काँग्रेस माओवादी गठबन्धनले अस्वीकृत गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.