त्रिशुलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी

बुटवल, असोज १४ । सवारी दुर्घटनामा परी त्रिशुली नदीमा ६ दिन देखि बेपत्ता पूर्वगृहमन्त्री तथा पुर्व मुख्य सचिव माधवप्रसाद घिमिरेको कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । घिमिरे सहित बेपत्ता तीन जनाको शव फेला नपरेपछि शुक्रवार आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन । आमा चैतन्यकुमारी घिमिरेको शवसँगै घिमिरेको कुशको शवलाई छोरा सुशान्त घिमिरेले दागबत्ती दिएका थिए। अन्तेष्टीमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सचिवहरू, पूर्वसचिवहरू र आफन्तहरू तथा शुभचिन्तकहरुको उपस्थिति थियो । तर सुरक्षा निकायले वेपत्ता भएका घिमिरेको खोजी गरिरहेकोले सरकारका तर्फबाट अन्त्येष्टीमा पुर्व विशिष्टलाइ दिइने  कुनै औपचारिक सम्मान भने दिइएन । घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप गत आइतबार पृथ्वी राजमार्गको दारेचोक–३ स्थित घोप्टेभिरबाट  त्रिशूली नदीमा खसेको थियो। जीप  खस्दा तीन जनाको ३ को मृत्यु भएको थियो भने ३ बेपत्ता छन । गाडीका चालक घाइते विष्णु राईको उद्दार गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.