ताप्लेजुङ नगरपालिकामा यत्रतत्र पहिरो, पहिरोमा फसेका ६० जनालाई सुरक्षित ठाउँमा सारियो

तीनकाे मृत्यु, एक बेपत्ता

भाद्र १८, २०७३- हिजो साँझ देखिको अविरल वर्षाका कारण ताप्लेजुङ नगरपालिकाको दोखु क्षेत्रमा यत्रतत्र पहिरो गएको छ । पहिरोका कारण हालसम्म ३ जनाको मृत्युभएको छ भने एकजना बेपत्ता भएका छन् ।

गएरातिको पहिरोमा परी अलपत्र अवस्थामा रहेका ताप्लेजुङ नगरपालिका–८ का ६० जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले पहिरोमा फेकाहरुलाई दोखुको हिटि होराइजन बोर्डिङ स्कुलमा सारेको स्थानीय जंग मुखियाले बताए । घरको दुई तिरबाटै पहिरो गएपछि बिचमा फसेकाहरुको तत्काल घर फर्कने अवस्था नभएकाले उनीहरुका लागि आवश्यक सामग्री पठाउन लागिएको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

पाण्डेले ११ बजे विपत ब्यवस्थापन समितिको बैठक बोलाएका छन् । बिहान ८ बजेपछि पानी केही रोकिएकाले उद्धारमा सहजता भएको छ ।

पहिरोमा परी ताप्लेजुङ नगरपालिका २ निरौला टोलका २८ वर्षीय विमला मगर र उनका ९ र ७ वर्षीय छोराहरु मनोज र ललित मगरको मृत्यु भएको  प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । घरमाथिबाट झरेको पहिरोमा उनिहरु पुरीएका थिए । पुरीएका तीनै जनाको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानियको सकृयतामा निकालेको छ ।

पहिरोले परेका सुब्बेनी माइली बेपत्ता भएको र सुब्बेनी कान्छी भनेर चिनिने कृष्णकुमारी पालुङवालाई उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।

दर्जन बढी ठाउँमा पहिरो झरेकाले पन्छाउन दिउँसोसम्म लाग्ने पाण्डेले बताए । पहिरो पन्छाउन सडक विभाग र ताप्लेजुङ नगरपालिकाको स्काभेटर प्रयोग गरिएको छ । सडक कतिपय ठाउँमा माथिबाट पुरेको छ भने कतिपय ठाउँमा सडकनै बगाएको स्थानीयले बताएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.