इपीएस भाषा परीक्षा उर्त्तीणको स्वास्थ्य परीक्षण असोजको पहिलो सातादेखि

१८ भदौ, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत यसवर्ष कोरियन भाषा परीक्षा पास गरेकाहरुको स्वास्थ्य परीक्षण असोज ४ गते देखि सुरु हुने भएको छ ।

परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका थिए । उनीहरुको नामावली रोष्टरमा चढ्नका लागि मेडिकल पास हुुनैपर्नेछ । त्यसपछि उनीहरुले रोजगार आवेदन फारम भर्नुपर्नेछ । लगत्तै उनीहरुको स्किल टेष्ट अर्थात सीप परीक्षण गरिनेछ ।

असोज ४ पछि तोकिएका सरकारी अस्पतालहरुमा भाषा परीक्षा पास गरेकाहरुको स्वास्थ्य परीक्ष्ण सुरु हुने इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।

गत असार चार र पाँच गते कोरियन भाषा परीक्षा लिइएको थियो भने साउन ११ गते नतिजा प्रकाशन भएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए ।

सन् २०१७ को जनवरीदेखि यो वर्ष पास भएकाहरु कोरिया जान थाल्नेछन् । त्यसका लागि कोरियाले छनौटको प्रक्रिया असोजपछि सुरु गर्नेछ ।

कोरियाले नेपाललाई यो वर्ष तीन हजार एक सय कोटा छुट्याएपनि ३ हजार ५ सय भाषा परीक्षामा पास भएका छन् । परीक्षामा कोटाभन्दा ४१७ जना बढी पास भएका छन् ।

२ हजार एक सय ४० कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा उर्त्तीण भएका हुन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.