१९ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ ।
दलीइ सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी सरकारले गरेको हो ।
प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग सरकारले अहिलेसम्म संविधान संशोधनको विषयमा छलफल गरिसकेको छैन ।
एमाले अध्यष केपी ओली विदेशमा रहेको कारण छलफल नगरको सरकारको भनाइ छ ।
संविधान संशोधन विधेयक निर्माण र सहमतिका लागि दलीय छलफल एकसाथ अघि बढाउने गृहकार्य सरकररले थालेको आजको राजधानी दैनिकमा समाचार छ ।
प्रधानमन्त्री काराजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने प्धानमन्त्री दाहालको भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन प्रमुख तीन दलबीच छलफल चलिरहेको दाबी गरे ।
२०७३ भदौ १९ गते ६:५५ मा प्रकाशित