२१ भदौ, काठमाडौं । ५० लाख माग्दै नदिए अपहरण गर्ने धम्की दिएको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ परे ।

गुप्ता अपहरण शरीर बन्धक मुद्धामा ३ वर्ष कैद सजाय भुक्तान गरी केही समय अघि मात्र छुटेका थिए ।

तर, ललितपुर प्रहरीले उनलाई सोमबार पक्राउ पर्‍यो । उनीमाथि आरोप छ कि ललितपुर धोवीघाटस्थित रेड रोज ईन्टरनेशनल मेनपावर सञ्चालिका तारा रेग्मीलाई ५० लाख मागेको र रकम नदिए अपहरण गर्ने धम्की दिएको ।

गुप्ताले ३ महिनादेखि पटक-पटक भेटघाट तथा कार्यालय र मोबाईलमा समेत फोन गरी ५० लाख मागेको र नदिए अपहरण गर्ने धम्की दिएको रेग्मीको उजुरी छ ।

तर, प्रहरी अनुसन्धानका क्रममा चितवन भरतपुर-४ नारायणगढकी ४२ बर्षीया तारा पनि पक्राउ परेकी छन् । उनी चर्चित हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भएको व्यक्ति भएको खुलेपछि ललितपुर प्रहरीले पक्राउ परेकी हुन् ।

उनी आफ्नै पत्नीको हत्या गर्ने सशस्त्र प्रहरीका तत्कालीन डीआईजीकी ‘प्रेमिका’ हुन् । जसलाई रञ्जन पत्नीको हत्यामा मतियार भएको ठहर गर्दै अदालतले १ वर्ष कैद सजाय सुनाएको थियो । जसमध्ये ११ महिना १० दिन कैद भुक्तान गर्न बाँकी छ ।

यो पत्ता लागेपछि प्रहरी तारा रेग्मीलाई नियन्त्रणमा लिएर काठमाडौ जिल्ला अदालत पठाएको छ ।

तस्वीरः रिपब्लिका

२०७३ भदौ २१ गते २०:३७ मा प्रकाशित

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.