प्रधानमन्त्रीको सम्बोधन मयुर नाच जस्तैः ओली

सरकार 'डिजाइन इन सम वेयर, एसेम्बल इन नेपाल'

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधनलाई मयुर नाचको संज्ञा दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओली प्रचण्ड सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भए । एप्पलको पछाडि डिजाइन इन क्लालिफोर्निया, मेड इन चाइना लेखिएको हुन्छ भन्दै उनले भने, ‘डिजाइन इन सम ह्वेयर, एसेम्बल इन नेपाल … यस्तै सरकार बनेको छ । यो राम्रो लक्षण होइन ।’

उनले प्रधानमन्त्री प्रचण्डको नाम नलिई हिजो एउटा भाषण भनौं कि मयुर नाच सुन्यौं भन्दै ब्यङ्ग गरे । मयुर नाचमा मयुर नभई प्वाख लगाएर बनेको हुने भन्दै एमाले अध्यक्ष ओलीले अघि भने, यस्तै मयुर नाच भाषण सुन्यौं ।’

संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अघिल्लो सरकारले भारतसँगको सम्वन्ध बिग्रिएको भनेकोमा असन्तुष्टि जनाउँदै उनले आफू सरकारमा आउँदा नाकाबन्दी रहेको र मधेसमा आगो बलेको स्मरण गराए । आफ्नो पालामा नाकाबन्दी हटेको भन्दै उनले भने, ‘मधेसको आन्दोलन झ्यापझुप निभ्यो । अन्तिममा यहाँ पालतिर आएको थियो । त्यो पनि हरायो ।’

भारतसँग राम्रो सम्वन्ध बनाउने कुरा गरेको भन्दै उनले आफूले भन्दा राम्रो सम्झौता गरेर देखाउन चुनौती दिए । उनले भने, ‘राम्रो सम्झौता गरेर देखाउनुपर्‍यो देशहितको पक्षमा । तर, मयुर नाचले काम चल्दैन अब ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.