थाइरोडको समस्याले हुनसक्छ अकस्मात हृदयघात !

भाद्र २२, २०७३- थाइरोड घााटीमा हुने सानो पुतली आकारको ग्ल्यान्ड हो । जसले थाइरोक्सिन र ट्राइआयोडोथाइरोनाइन नामक दुई प्रकारको हार्मोन उत्पादन गर्छ । उक्त हार्मोनको काम शरिरका विभिन्न क्रियाकलापलाई नियन्त्रण वा संचालन गर्नु हो । जसमा कति छिटो क्यालोरीको प्रयोग गर्नेदेखि कति छिटो मुटु धड्कनेसम्म पर्छ ।

जब यो ग्ल्यान्डले कम काम गर्छ, त्यस अवस्थालाई हाइपोथाइरोडिजम् अर्थात थोरै थाइरोक्सिनको उत्पादन भयो भनेर बुझिन्छ । यस्तै जब ग्ल्यान्डले धेरै काम गर्छ, त्यस अवस्थालाई हाइपरथाइरोडिजम् अर्थात सामान्य भाषामा भन्दा धेरै थाइरोक्सिनको उत्पादन भयो भनेर बुझिन्छ । यी दुवै अवस्थाले शरिरमा भने नकारात्मक असर गर्छ ।

थाइरोडको समस्याले गर्दा मुटुको चाल असामान्य हुनुका साथै हृदयरोगको सम्भावना बढाउँछ भन्ने वैज्ञानिकहरुले धेरै अघि नै थाह पाइसकेको कुरा हो । तर ‘सर्कुलेसन’ नामक जर्नलमा प्रकाशित नयाँ अध्ययनले भने अकस्मात हृदयघात भएर हुने मृत्युलाई पनि थाइरोडबाट हुने समस्यामा जोडेको छ ।

‘हाम्रो अध्ययन अनुसार सामान्य अवस्थामा रहेको भनिएको थाइरोड हार्मोनको स्तर यदी माथि छ भने अकस्मात हृदयघात भएर मृत्यु हुनसक्ने सम्भावना हार्मोनको स्तर तल भएकाहरुभन्दा चार गुणाले बढ्छ,’ नेदरल्यान्डस्थित इरासमुस विश्वविद्यालयको चिकित्सा विभागका इन्डोक्राइनोलोजी र इपिडेमियोलोजीका रिसर्च फेलो तथा उक्त अध्ययनका प्रमुख सोधकर्ता डा. लायल चाकेरले भनिन् ।

उनको अनुसार यसअघि अकस्मात हुने हृदयघातपछिको मृत्युलाई हृदयरोगसँग जोडिएका अन्य कारकहरु जस्तै शरिरमा बढी कोलेस्ट्रोलको मात्रा, उच्च रक्तचाप आदीसँग जोडेर हेरिन्थ्यो । ‘उच्च थाइरोडको स्तर पनि अकस्मात हुने हृदयघातको कारण भएको पत्ता लागेको छ,’ उनले भनिन्, ‘थाइरोइड सामान्य स्तरमै रहे पनि यदी माथिल्लो तहमा छ भने त्यसले जोखिम बढाउँछ ।’

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.