नेपालीलाई सित्तैमा ‘भाइबर आउट कल’

भाद्र २२, २०७३- स्मार्टफोन एप भाइबरले नेपाली उपभोक्तालाई दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि नि:शुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ । भाइबरको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार यो सुविधा नेपाली नम्बरबाट डायल गर्ने ग्राहकले मात्र पाउने छन् ।

मंगलबार (हिजो)देखि सुरु भएको सेवा नेपाली उपभोक्ताले आगामी असोज ३ गतेसम्म पाउनेछन् । यो सुविधा विभिन्न ५२ वटा फरक कोडका मोबाइल एवं ल्यान्डलाइन फोनमा पाइने छ । राति ८ बजेदेखि १० बजेसम्मका लागि दिइने सुविधामा उपभोक्ताले १० मिनेटसम्म कुराकानी गर्न सक्नेछन् । यसका लागि उपभोक्ताको फोन इन्टरनेटमा जोडिएको हुनुपर्नेछ र भाइबर चल्नुपर्ने छ । तर, अर्कोतर्फ भने सिधैं इन्टरनेट नजोडिएको फोनमा कुरा गर्न सकिनेछ ।

भाइबरले यस्तो सुविधा भूकम्पको बेला पनि दिएको थियो । एन्ड्रोइड र एप्पल दुवै प्लेटफर्ममा चल्ने भाइबरले नि:शुल्क इन्टरनेट कल सुविधा दिदै आएको छ ।

अहिले दिइएको सुविधा अन्तर्गत नेपाली उपभोक्ताले अष्ट्रेलिया, बहराइन, बंगालादेश, बेल्जियम, भुटान, ब्रुनाई, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्ग, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ,  भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यान्मार, नेदरल्यान्ड, न्यूजिल्यान्ड, नर्वे, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्वीडेन, स्वीटजरल्यान्ड, ताइबान, ताजिकिस्तान, थाइल्यान्ड, टर्की, युएई, बेलायत, अमेरिकालगायतका मुलुकमा ‘भाइबर आउट कल’ गर्न सकिन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.