सार्क सम्मेलन स्थगित, अध्यक्ष राष्ट्र नेपालले छलफल थाल्ने

बुटवल,असोज १५ । दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको पाकिस्तानमा हुने तय भएको १९ औ शिखर सम्मेलन स्थगित भएको छ ।

आगामी कात्तिक २४–२५ गते पाकिस्तानको इस्लामावादमा हुने तय भएको सार्क शिखर सम्मेलन भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको हो । पाकिस्तानको विदेश मन्त्रालयले सार्क स्थगनको दोष भारतलाई दिदै छिट्टै नयाँ मिति घोषणा हुने जनाएको छ ।

यसैवीच सार्क राष्ट्रको अध्यक्षता गरेको नेपालले स्थगित भएको १९ औं शिखर सम्मेलन आयोजना गराउन सदस्य अन्य राष्ट्रसँग छलफल र पहल गर्ने जनाएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले यस्तो कुरा बताउनुभएको हो ।

राष्ट्र सङ्घको ७१ औँ महासभामा सहभागी भएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री महतले सवै सहभागी हुने सुनिश्चित गरेर सम्मेलन गर्न नेपालले पहल गर्ने बताउनुभयो ।

सार्कको बडापत्रमा एउटा सदस्य राष्ट्रले पनि सहभागी नहुने अवस्थामा शिखर सम्मेलन हुन नसक्ने ब्यवस्था छ। भारतले सिमा क्षेत्रको तनावलाई कारण देखाउँदै सम्मेलनमा नजाने घोषणा गरेको छ ।

भारतको घोषणापछि राष्ट्र बङ्गलादेश, अफगानिस्तान र भुटानले पनि सहभागी नुहने बताएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.