बाढी पहिरो पीडितलाई पनि भूकम्प पीडित सरह आठ लाख दिने प्रधानमन्त्रीको घोषणा

बुटवल, असोज १५। प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह आठलाख दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले बाढी पहिरो पीडित परिवारलाई चाडपर्व मनाउन राहत स्वरुप प्रति परिवार थप १५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने प्रतिवद्धता पनि जनाउनुभयो ।

प्यूठानको बाढी पहिरो प्रभावित लुङबहाने क्षेत्रको अबलोकनपछि आयोजित सभालाई शुक्रवार सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले पहिरो र वाढी पिडितलाई पनि भुकम्पपिडित सरह तीन लाख सहयोग, निर्व्याजी र सहुलियत ऋण गरी आठ लाख दिने बताउनुभएको हो ।

गत बर्खामा आएको बाढी र पहिरोबाट प्युठान जिल्लामा ५६ जनाको मृत्यु भएको दुई सय घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । घटनाहरुमा आठ सय परिवार आंशिक रुपमा प्रभावित भएको र दुई अर्बभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको प्यूठानका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.