बुटवल,असोज १६ । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले बटवलमा विचार गोष्ठी सम्पन्न ग¥यो । हालै प्रकाशित पुस्तकहरु ‘चिनियाँ सपना’, ‘चीनबारे हाम्रो विचार’ र ‘चीनका प्रसिद्ध युद्ध र विद्रोहहरु’ तथा समसामयिक राजनीतिका विषयमा उक्त विचार गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले नेपाली जनताका प्रधान शत्रु भारतीय एकाधिकार पूँजीको विरोधमा व्यापक जनतालाई सचेत र संगठित पार्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो । भारतीय विस्तारवादले नाङ्गो रुपमा हस्तक्षेप गरी नेपाल र नेपाली जनतालाई सताइरहेको चर्चा गर्दै अध्यक्ष वासीले भारतीय एकाधिकार पूँजीका दलालहरुलाई उदंग्याउन जोड दिनुभयोे ।
दुतावासबाट आप्mना छोराछोरीको लागि छात्रवृति पाउन शासक दलका नेताहरुले देशलाई बन्धकमा राख्ने गरेको उल्लेख गर्दै अध्यक्ष वासीले देश र जनताको हितलाई रक्षा गर्न नसक्ने माओवादी, काँग्रेस, मधेशवादी दलहरु र एमालेका नेता–कार्यकर्ताहरु जनताका शत्रु हुन् भन्नुभयो ।
अफिम युद्धमा हारेको चीनलाई बेलायतीहरु कै सल्लाहमा मात्र बेलायती सामानको करको दर तोक्नुपर्ने सम्झौता गरे जस्तै नेपालमा पनि भारतीय ईच्छा पूरा हुने अवस्थामा मात्र सहमति हुने संविधान संशोधन गर्न लागेको बताउँदै अध्यक्ष वासीले विदेशीको दबाबमा संविधान संशोधन गर्नु सार्वभौम नेपाली जनतालाई सह्य विषय होइन भन्नुभयो ।
‘चीनबारे हाम्रो विचार’ पुस्तकले माओ विचारधारा अनुसार नै चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थामा चीन अगाडि बढिरहेको तथ्यलाई उजागर गरेको बताउँदै अध्यक्ष वासीले ‘चिनियाँ सपना’ पुस्तकबाट आत्मनिर्भर अर्थतन्त्रसहितको नेपालीलाई सपना देख्न हुत्हुत्याउने र चीनको रेशममार्गसँगै सहकार्य गरेर नेपाललाई पनि समृद्धिको बाटोमा लैजान सरकारलाई दबाब दिन जनमत सिर्जना हुने बताउनु भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य रामचन्द्र श्रेष्ठले प्रचण्डको भ्रमणमा जारी गरिएको संयुक्त वक्तव्यले नेपालको सार्वभौमसत्तामाथि आँच पु¥याएको छ भन्नुभयो ।
नेपाल क्रान्तिकरी युवा संघ रुपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले पार्टी प्रकाशनका अन्तरक्रियाकहरुले कार्यकर्ताको चेतनस्तर र मनोबल उठाउने बताउनु भयो ।
नेमकिपा रुपन्देहीका सदस्य सुरेस परियारले सञ्चालन गरको उक्त गोष्ठीमा विमला आचार्य, कमला विक, तुलसा विक, सुशीला पौडेल, शान्ति चौधरी, माधव अधिकारी, पूर्णचन्द्र भट्टराई, सुर्जन तिवारी, शारदा खनाल लगायतले आ–आप्mनो विचार व्यक्त गर्नुभयो ।