बुटवल,असोज १६ । सरकारले बन्द भएका सरकारी उद्योगहरुलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने तयारी भइरहेको बताएको छ ।
उद्योग मन्त्रालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले नीजि क्षेत्रको सहभागीता गराएर सरकारी उद्योग सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो ।
मन्त्रालयले औषधिपछि हेटौंडा कपडा उद्योग सञ्चालनको तयारी थालेको पनि उहाँले जानकारी दिनुभयो ।