बुटवल,असोज १६ । स्वास्थ्य क्षेत्रको सुधारको माग सहित नवौ पटक अनसनमा बसिरहनुभएका डाक्टर गोविन्द केसीले सम्झौता अनुसार मेडिकल कलेजले विद्यार्थी भर्ना नलिएको भन्दै तत्काल रोक्न लगाउन माग गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानलाई आइतबार पत्र लेखेरै डाक्टर केसीले विगतमा भएका सम्झौता अनुसारको सिट संख्या र शुल्क लागू गराउन ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले सरकारसँग भएका सम्झौता पालना नगरी मनोमानी ढंगबाट शुल्क र भर्ना लिनु मेडिकल कलेजका सञ्चालकको गैरजिम्मेवार कदम भएको पनि दावी गर्नुभएको छ ।