सर्वसाधारणलाई नयाँ नोट

बुटवल,असोज १६ । नेपाल राष्ट्र बैंकले आइतवारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण शुरु गरेको छ ।

बैंकले थापाथलीसहित देशभरका क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नोट वितरण सुरु गरेको हो ।

एक जनाले ३७ हजार रुपैयाँसम्म साट्न सक्ने व्यवस्था मिलाइएको छ ।

बैंकले आउँदो शनिबारसम्म सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिने जनाएको छ । बैंकले नयाँ नोट साट्न शुरु गरेपछि सर्वसाधारणहरु बिहानै देखि घण्टौ लाइन बसेर नयाँ नोट लिएका थिए ।

अन्य बैकले पनि नयाँ नोट दिन थालेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.