प्रेस युनियन रुपन्देहीद्धारा चियापन

बुटवल १७ असोज ।नेपाल प्रेस युनियन रुपन्देहीले विजया दशामी शुभदिपावली ,छठ पर्वको अवसरमा आज बुटवलमा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

पत्रकार महासंघ रुपन्देहीको सभाहलमा अयोजित चियापन कार्यक्रममा संचारक्रमीहरुविचमा शुभकामना आदान प्रदान भएको थियो ।

कार्यक्रममा औपचारिक भन्दा पनि अनौपचारिक रुपमा कार्यक्रम गरि चाडपर्वका अवसरमा खुशीयाली साटासाट गरिएको युनियनले जनाएको छ।

प्रतेक बर्षजस्तै यस बर्ष पनि अयोजना गरिउको कार्यक्रममा संचार संवद्ध अग्रजहरुको सहभागिता रहेको थियो । कार्यक्रममा युनियनका जिल्ला सभापती बिक्रम खड्काले सबै संचारकर्मी तथा संचार क्षेत्रको उन्नती प्रगतीको कामना गर्दै चाडपर्व उल्लासपुर्वक बनाउने बतावरण बन्ने कामना गर्नु भयो ।

कार्यक्रममा प्रेस युनियनका पुर्व केन्द्रिय उपाध्यक्ष हरि लम्शाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर वहादुर केसी, संस्थाका सल्लाहकारहरु,प्रेस चौतारी, प्रेस सेन्टर क्रान्तीकारी पत्रकार संगठन, टे«ड युनियन कांग्रेस,प्रध्यापक, मानवअधिकारकर्मी, मिडिया संचालक लगायतका संसथाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव कविन्द्र नेपालले गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.