संबिधान कार्यान्वयन र आर्थिक समृद्धिका योजनाहरुसंग संगै

बुटवल, १७ असोज । उद्योगमन्त्रि नबिन्द्रराज जोशीले संबिधान कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका योजनाहरुसंग संगै अघि बढाउनुपर्ने बताउनु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघले बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्रि जोशीले संबिधान निर्माण पछी जनतामा देखिएको उत्साहमा कमी आउन नदिन संबिधान कार्यान्वयन संगै आर्थिक समृद्धिका योजनाहरु अघि बढाउनु पर्ने बताउनु भएको हो ।

उहाले युवाहरुलाई बैदेशिक रोजगार नभई स्वदेशी उद्यमी बनाउन उद्योग मन्त्रालयले उद्यमी बनौ समृद्ध राष्ट निर्माण गरौ भन्ने नाराका साथ बिभिन्न जिल्लामा सुचना केन्द्रको स्थापना सहित बिशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताउनु भयो । उहाले बैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स समेत घट्न लागेकोमा चिन्ता व्यक्त गर्दै युवा स्वरोजगार र उद्यमीका कार्यक्रम सञ्चालन गरी मुलुकलाई समृद्ध बनाउनु पर्नेमा जोड दिनुभयो ।

मन्त्रि जोशीले औद्योगिक व्यवसाय ऐन संसदबाट पारित भएसंगै औद्योगिक वातावरणको बाटो खुलेको पनि  बताउनु भयो । उहाले मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि सरकारले आवश्यक सबै काम पुरा गर्ने बताउनु भयो ।

उहाले स्थानिय तहमा केही समस्या भए समाधानका लागि समिति बनाएर अघि बढने र सरकारले आवश्यक पुर्वाधार बनाउने बताउनु भयो । उहाले मोतिपुर औद्योगिक क्षेत्रको स्थानिय समस्या समाधान र समन्वयका लागि समन्वय समिति पनि बनाउने बताउनु भयो ।

मन्त्रि जोशीले रुपन्देहीबाट सरकारले ठुलो अपेक्षा गरेकाले पुर्वाधारमा लगानी गरेको बताउनु भयो ।

संघका अध्यक्ष महेशमान सिंहले औद्योगिक व्यवसाय ऐन संसदबाट पारित भएकोमा खुशि व्यक्त गर्दै आवश्यक ऐन कानुन पनि छिटो बनाउन आग्रह गर्नु भएको थियो ।

उहाले मातिपुर औद्योगिक क्षेत्रलाई छिटो सञ्चालनमा ल्याउन सरकारलाइ प्राथमिकताको आयोजनामा राख्न आग्रह गर्नु भएको थियो ।

संघका महासचिव हरि प्रसाद अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मन्त्रि जोशीले संघले सञ्चालन गरेको दशै बजारको पनि अवलोकन गर्नु भएको थियो ।

अवलोकनका क्रममा उहाले आमनागरीकलाई सस्तो मुल्यमा गुणस्तरीय बस्तु उपलब्ध गराउने संघको कार्य प्रसंशनीय भएको बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.