पत्रकार पोखरेललाई औद्योगिक पत्रकारिता पुरस्कार

बुटवल, १७ असोज । रुपन्देही उद्योग संघले स्थापना गरेका उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मण पोरखेलले प्राप्त गरेका छन् । पत्रकार पोखरेललाई २०७१ सालको पुरस्कारबाट सोमबार सम्मान गरिएको हो ।
रुपन्देही उद्योग संघको ३८ औं साधारणसभाको अवसरमा उद्योगमन्त्री नविन्द्रराज जोशीले पोखरेललाई नगद पुरस्कार सहित सम्मान पत्रले पुरस्कृत गरे । पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।
औद्योगिक क्षेत्रको विकासमा कलम चलाएको भन्दै पुरस्कार प्रदान गरिएको हो । २०५७ सालमा स्थापना गरिएको पुरस्कार पाउने पोखरेल १६ औं पत्रकार हुन् । पत्रकार पोखरेल बुटवल मिडिया प्रकाशन प्रालिबाट प्रकाशित जनसंघर्ष साप्ताहिकको सह–सम्पादक तथा दैनिक पत्र दैनिकको वरिष्ठ संवाददाता हुन् । उनले २०६४ सालबाट पत्रकारिता गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको पुरस्कार मुल्याङकन समितिले गरेको छनोटको आधारमा उनले पुरस्कार पाएका हुन् । उद्योग संघले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.