ईपीएल क्रिकेटको उपाधी पञ्चकन्या तेजलाई

बुटवल,असोज१७ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधी पञ्चकन्या तेजले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै पञ्चकन्या तेजले उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको पञ्चकन्या तेजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । जवाफमा व्याटिङमा उत्रेको कलर्स एक्स फ्याक्टरले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १ सय ३१ रन बनायो ।

विजयी पन्चकन्याले नगद पाँच लाख पुरस्कार पाएको  छ।

विजयी टिमलाई भारतीय क्रिकेट टिमका पूर्वकप्तान अजय जडेजाले पुरस्कृत गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.