भारतीय राष्ट्रपति मुखर्जीले कातिक १७ देखि नेपालको भ्रमण गर्नुहुने

बुटवल,असोज१७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कातिक १७ देखि १९ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको  छ ।

नेपाल भ्रमण कार्तिकमा हुने भनिएपनि आज मात्रै भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको मिति तय भएको हो ।

तिहारको भोलीपल्ट अर्थात नोभेम्वर २ तारिखमा नेपाल आउनुहुने मुखर्जी ४ तारिखमा स्वदेश फर्कनुहुने नेपाल सरकारले पुष्टि गरेको  छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लाग्नुभएका मुखर्जीले तीन दिने भ्रमणमा उच्चस्तरीय भेटवार्ता पनि गर्नुहुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.