व्यापार संघको दसैं सस्तो बजार

sasto bazar

असोज १८,वुटवल | रुपन्देही व्यापार संघको आयोजना सञ्चालित दशै सस्तो बजार सुरु भएको छ । दैनिक उपभोग्य खाद्यान्न लगायतका वस्तुहरुलाई सस्तो मूल्यमा उपभोक्तालाई उपलव्ध गराउने उद्देश्यले संघले आयोजना गरेको दसैं सस्तो बजारको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालबाट बुटवल नगरपालिका राजमार्ग चौराहा स्थित कृतिक जनरल स्टोर्सबाट दैनिक उपभोग्य सामान बेची समुद्घाटन गरे ।

संघले रुपन्देहीका विभिन्न १५ स्थानहरुमा सस्तो दसैं बजार सुरु भएको र दशै बजारबाट उपभोक्ताहरुले आश्विन १७ देखि २० गतेसम्म ब्यानरमा उल्लेखित मूल्य सुचीमा नै सामान प्राप्त गर्ने कार्यक्रम संयोजक यमलाल लोहनीले बताए ।
संस्थाका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्रीकृष्ण पोखरेल, संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक यमलाल लोहनीले स्वागत मन्तव्य र संचालन महासचिव डिल्लीराज भण्डारीले गरेका थिए ।

7

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.