मृगौला पिडित कुवँरलाई आर्थिक सहायता प्रदान

बुटवल, असोज १८
भैरव युवा समाज रुपन्देहीले पाल्पा खस्यौली गाउँ बिकास समिति वार्ड नं. १ सिरुखर्कका मृगौला पिडित गणेश कुवँरलाई आर्थिक सहायता प्रदान गरेको छ ।
समाजले बुटवलमा दशैं तथा दीपावली लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि मृगौला पिडित कुवँरलाई एक लाख ५५ हजार ५ सय ५५ रुपैंया आर्थिक सहायता प्रदान गरेको हो ।
समाजका अध्यक्ष तुलबहादुर अधिकारी, पाल्पा भैरवस्थान स्थित भैरव जनता उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तिकराम पौडेल लगायतले कुवँरलाई उक्त रकम बराबरको चेक हस्तान्त्रण गर्नुभएको हो ।
पाल्पाको भैरवस्थान स्थित भैरव जनता उच्च माध्यमिक विद्यालय तथा भैरवस्थान मन्दिरलाई केन्द्रबिन्दु बनाएर पश्चिम पाल्पाबाट रुपन्देहीमा आएर बसोबास गरेका युवाहरुले आपत विपद्मा आपसमा सहयोग गर्ने उद्देश्यले भैरव युवा समाज नामक संस्था गठन गरेका थिए ।
मृगौला पिडित कुवँरका दुबै मृगौलाले काम गर्दैनन् । अहिले कुवँरको भारतको जयपुर स्थित फोर्टिज अस्पतालमा उपचार भईरहेको छ । २०७१ असार देखि मृगौलाको उपचार गर्दै आएका कुवँरको उपचारमा हालसम्म १४ लाख बढी खर्च भईसकेको मृगौला रोग ग्रसित कुँवरले बताउनु भयो ।
मृगौला प्रत्यारोपण गर्नकालागि थप करिव २० लाख रुपैंया अझै लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएको उहाँ बताउनु हुन्छ । मृगौला प्रत्यारोपणकालागि आवश्यक सहयोग रकम जुटाईरहेका कुवँरलाई प्रौढ समाज बुटवलले पनि ५ हजार ५ सय रुपैंया आर्थिक सहायता प्रदान गरेको छ । प्रौढ समाज बुटवलका अध्यक्ष समेत रहेका तिलकराम पौडेलले आवश्यक परे थप सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मृगौला रोग ग्रसित कुवँरलाई बिभिन्न संघसंस्था र व्यक्तिगत रुपमा पनि उपचार सहयोग रकम प्राप्त भईरहेको छ ।
आर्थिक सहयोग गर्नकालागि हिमालयन बैंक पाल्पा शाखामा रहेको उहाँको खाता नं. ०२२०२११३५००१६ मा रकम जम्मा गर्न सकिने उहाँले बताउनु भयो ।_dsc0119

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.