दशैका यात्रु बोक्ने गाडीलाई बस समितिले तेल दिने

बुटवल असोज १९ । पश्चिम नेपाल बस ब्यवसायी संघले दशैका अवसरमा पहाडी र ग्रामिण क्षेत्रमा यात्रु बोक्ने संघ मातहतका सवारी साधनलाई आबश्यकता अनुसार ५० लिटर डिजल उपलब्ध गराउने जानकारी गराएको छ ।

पश्चिम नेपाल बस ब्यवसायी संघ बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी सो वारे जानकारी गराएको हो ।

संघमा आयोजित पत्रकार सम्मेलनमा संघको दशै योजना बारे जानकारी दिदै संघका अध्यक्ष दधिराम खरेलले दशै मनाउन आउने यात्रुले यात्राका क्रममा कुनै सास्ती खेप्नु नपरोस भन्ने उदेश्यले सजगता अपनाईको र संघले ब्यवसायीलाई मर्का नपरोस भनेर क्युबिना यात्रु बोक्न जाने पहाडी सडकमा चल्ने सवारी साधनलाई ५० लिटर डिजल उपलब्ध गराउने निर्णय भएको जानकारी दिनु भयो ।

दशैका बेला एकतर्फमात्र यात्रु हुने र एकतर्फ यात्रु बोक्दा ब्यवसायी घाटामा जाने भएकोले ब्यवसायीलाई राहत दिन यस्तो निर्णय गरीएको उहाले बताउनु भयो  । “हामीले अग्रिम टिकट बुकिंङ्घको ब्यवस्था मिलाएका छौं । यसका साथै गाडि नपाएर बसपार्कमा अलपत्र पर्ने अवस्थाको अन्त्य हुने छ” अध्यक्ष खरेलले भन्नु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खरेलले दशैका यात्रुको चापलाई ध्यान दिदै बिभिन्न बस टर्मिनलहरुमा यात्रु सहयाता कक्ष सञ्चालन गरिएको र  शारिरीक रुपले  अशक्त र बृद्धबृद्धाहरुको लागि यात्रु सहायता कक्षबाटै टिकट दिने ब्यवस्था मिलाईएको जानकारी गराईको थियो ।

पत्रकार सम्मेलनमा संघमा १६ बर्ष भन्दा पुराना कुनैपनि सवारी साधन नभएको जानकारी गराउदै पुराना गाडी बिस्थापित गर्ने काममा सरकारी सहयोग नभएको भएतापनि अव पुराना सवारी साधनबाट यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य भएको जानकारी गराउनु भयो ।

हाल सम्म करिव १८ सय पुराना सवारी साधन बिस्थापीत गरेको र पछिल्लो समय बुटवल बेलहिया सडक खण्डमा ७३ वटा मिनी माईक्रोबस बिस्थापित गरीएको र उक्त सडक खण्डमा नया र अत्याधुनिक सवारी साधन सञ्चालनको तयार रहेको जानकारी गराउदै त्यसका लागि राज्यको सहयोग आबश्यक रहेको बताउनु भयो ।

संघमा आवद्ध सवारी साधनबाट एकै पटकमा एकलाख बढी यात्रुलाई बोक्न सक्ने गरी सवारी साधन रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पश्चिम नेपाल बस ब्यवसायी संघ यातायात ब्यवसायीहरुको सबैभन्दा ठुलो  छाता  संस्था हो ।

संघका अध्यक्ष दधिराम खरेलको अध्यक्षता महासचिव जिवन कुमार बन्जाडेको सञ्चालन तथा बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमीरेको स्वागतमा सम्पन्न पत्रकार सम्मेलनमा आगामी कार्तिक ३० गते संघको २२ औ साधारण सभा हुने समेत जानकारी गराईएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.