विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा किशोर श्रेष्ठ

बुटवल असोज १९ । विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा नेपालका तर्फबाट किशोर श्रेष्ठ चयन हुनुभएको छ ।

साइप्रसमा मंगलबार भएको सम्मेलनमा नेपाल प्रेस काउन्सिलका सदस्य  समेत रहेका श्रेष्ठ सर्वसम्मत रुपमा प्रथम उपाध्यक्ष चुनिनु भएको हो । श्रेष्ठ नेपाल–चीन मिडिया फोरमका अध्यक्ष पनि हुनुहुन्छ।

उक्त सम्मेलनमा भएको चुनावबाट साइप्रसकी प्रोफेसर डक्टर सुले अकर अमेरिकाकी क्रिश कोनिबियरलाई हराएर विश्व प्रेस काउन्सिल अध्यक्षमा चयन भएकी छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.